नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुर

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशककाे जिम्मेवारी प्रेमनाथ ठाकुरलाई प्रदान गरेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएकाे हाे ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री ५८ वर्षे हदका कारण शुक्रबार अवकाश भएका थिए । क्षत्री प्राधिकरणको सञ्चालक समितिले कात्तिक १० काे बैठकबाट महानिर्देशक नियुक्त भएका थिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्