बेनिघाट रोराङको १९ बिद्यालयमा सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम संचालन हुदैँ

बेनिघाट रोराङ गाउँपालिकामा शिक्षा विकासका लागि योजनाबद्ध हिसाबले कार्य थालनी गरिएको अध्यक्ष पित्त बहादुर डल्लाकोटीले बताउनुभएको छ।

शिक्षामा विकास नहुँदा सम्म भौतिक विकास निर्माणकार्य दिगो नहुने भएकोले गाउँपालिकामा योजनाबद्ध हिसाबले कार्य थालनी गरिएको डल्लाकोटीले बताउनुभयो ।सोमबार गाउँपालिकामा सुनौलो भबिष्यका लागि शिक्षा कार्यक्रमको गाउँपालिका स्तरीय अभिमुखिकण कार्यक्रममा सो कुरा बताउनुभएको हो।

भौगोलिक रुपमा दुर्गम स्थानमा रहेका बालबालिकाहरु बिद्यालयसम्म पहुँच वृद्धि र गुणस्तरीयताको लागि विकास साझेदार संस्था र गाउँपालिका एक अर्कामा सहकार्यमा गर्दै शैक्षिक विकासका गतिविधि गर्न गाउँपालिका प्रतिबद्ध रहेको उहाँको भनाई छ।

यसैगरी अभिमुकरण कार्यक्रममा उपाध्यक्ष देवीप्रसाद सिलवाल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, शिक्षा अधिकृत बोधराज पाठक लगायतले गाउँपालिकाको शिक्षा विकासमा एक कोशे ढुड्गा हुने बताउँदै कार्यक्रममा पालिकाको तर्फबाट आवश्यक पर्ने समन्वय तथा सहयोग हुने बताउनु भएको छ ।

बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ६, ८ र १० का १९ बिद्यालयमा सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम गर्न लागिएको कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो ।

प्रयास नेपाल धादिङका उपाध्यक्षको अध्यक्षता भएको गाउँपालिका स्तरीय अभिमुखिकरण कार्यक्रमा प्रयास नेपाल धादिङले गाउँपालिकाको वडा नं ६, ८ र १० का १९ बिद्यालय संचालन गर्ने क्रियाकलाप, प्रक्रिया बजेट बारेमा प्रयास नेपालका कार्यकारी निर्देशक अर्याल, सुमन ज्ञवाली तथा चाइल्ड फण्ड जापानको संस्थागत जानकारी कार्यक्रम व्यवस्थापक वीर कुमार श्रेष्ठले जानकारी गराउनु भएको थियो ।

अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत, वडा नं ६, ८ र १० का वडाध्यक्ष, महिला बालबालिका, सामाजिक, सूचना लगायत बिषयगत शाखा प्रमुखहरु, चाईल्ड फण्डका कार्यक्रम निर्देशक बिमल भेटवाल, कार्यक्रम व्यवस्थापक वीर कुमार श्रेष्ठ, अधिकृत श्रीकान्त लुईटेल, प्रयास नेपाल धादिङका सुनौलो भबिष्यका लागि शिक्षा परियोजनाका कर्मचारीहरु लगायत २६ जनाको उपस्थिति रहेको बिशालटारबाट प्रयास नेपाल धादिङका सहायक संचार अधिकृत दिप्ती जोशिले जानकारी दिनुभयो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्