आज २७ पुस,मंगलबार:थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

२७ पुस, २०७८, तदनुसार ११ जनवरी २०२२ मंगलबार । पौषशुक्लपक्ष नवमी तिथि, कौलब करण, अश्विनी नक्षत्र, सिद्ध योग, चन्द्रमा मेष राशिमा छ । आज सूर्योदय बिहान ६ः५८ मा भएकाे छ भने सूर्यास्त ५ः२६ मा हुनेछ ।

आज राष्ट्रिय  एकता दिवस, पृथ्वीनारायण शाहको जन्मजयन्ती हो । आज बिहान ११ः५१ देखि १२ः३३ सम्मको समय अभिजित मुहर्त छ भने २ः बजेर ५० मिनेटदेखि ४ बजेर ०९ मिनेटसम्म राहुकाल छ ।

आजका देवता कातिकेय, ग्रहदेव केतु हुन् । भनिन्छ, मंगलबारको दिन गणेश र हनुमानको आरधना गर्ने दिन हो । विध्नकर्ता गणेशको साधनाले सबै कार्यहरु सिद्ध हुन्छन भन्ने मान्यता रहेको छ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ आजको दिन चन्द्रमाको समेत साथ रहेकोले धनलाभ, स्वास्थ्यमा सुधार र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक लाभ हुनेछ । आजको दिन तपाईंले बिहान सूर्योदयको दर्शन गरेर दिनको कार्य गर्नुभयो भने सफल हुनुहुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अध्यन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउन सक्नेछ ।  यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा सुरु गर्दा  पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच, र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा कामसमेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंका लागि आजको दिन अनुकल देखिन्छ । धन प्राप्तिको योग छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । कसैलाई दिनुभएको धन फिर्ता हुनेछ । सकारात्मक सोच राखेर बिहान सूर्योदयको दर्शन र गणेश मन्दिरको दर्शनले तपाईंको कार्य सिद्धि हुनेछ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईंले घर परिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दूरीको यात्रा पनि नगर्दा बेस हुनेछ। स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईंले विश्वास गरेको मित्रबाट धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन तपाईंको दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मानसमेत मिल्नेछ । तपाईंले गरेको कामको मान सम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । तपाईंले केही कन्यालाई फलफूल उपहार दिनु भयो भने मनमा प्रशन्नता छाउनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :आजको दिन समय त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमासमेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिका जातकले कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।  सकारात्मक सोच र आत्मबलका लागि हनुमानको मन्दिरमा गएर दर्शन गर्नु उत्तम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन ब्यापारबाट लाभ हुनेछ । घरबाट बाहिर निस्कदा परिवारका सदस्यलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन कार्य सफलता मिल्नेछ । मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :  तपाईंले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईंलाई साथ सहयोग दिने कुनै आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। शिवालयमा गएर केही फलहरु प्रदान गर्नुहोला ।  

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ । तपाईंमाथि अनावश्यक आरोपपनि लाग्न सक्छ । त्यसैले आजको दिन नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनुहोला ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईंले सोचअनुसारको काममा कठिनाई हुनेछ । व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । 

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । मंगलबारका दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । शिवालय र देवालय यात्राले मनमा हर्ष छाउने छ ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्