सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने(यस्ता छन्,धादिङ डिसिसिएमसीको निर्णय)

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) धादिङले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाउने निर्णय गरेको छ।

सोमबार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लंसालको अध्यक्षतामा बसेको डिसिसिएमसीको बैठकले धादिङमा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको भन्दै सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन २५ जनाभन्दा धेरै भेला हुन रोक्ने निर्णय गरेको हो।

बैठकले अर्को सूचना नभएसम्म सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुने गरी भेला, मेला तथा महोत्सव नगर्न/नगराउन, विभिन्न संघ संस्थाहरुद्वारा आयोजना हुने सभा, समारोह, मेला, जात्रा लगाएतका भिडभाडजन्उ गतिबिधी रोक्ने निर्णय गरेको छ।

साथै कोभिड–१९ को निदानलाई प्रभावकारी र व्यवस्थीत पिसिआर र एन्टिजेनको परिक्षणको दायरा बढाई कोरोना संक्रमण देखिएकाहरुलाई अनिवार्य आईसोलेसनमा राख्न स्थानिय तह तथा स्वास्थय कार्यालयलाई अनुरोध गर्ने निर्णेय गरेको छ ।

खोपको उपलब्धता सहज भएकाले १२ वर्षदेखि माथिका वालवालिकाहरुलाई खोप लगाउन प्रवन्ध मिलाउने समेत निर्णय गरेको छ भने अक्सीजन उपलब्धता सहज बनाउने, औषधीजन्य सामाग्रीको मौज्दात कायम गर्ने, अक्सीजन प्लान्ट, कन्सन्टेटर चालु अवस्थामा राख्न अनुरोध गर्ने लगायतका निर्णयहरु बैठकले गरेको छ।

(यस्ता छन्,धादिङ डिसिसिएमसीको निर्णय)

dcmc

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्