धादिङमा सक्रिय संक्रमित १९ पुग्यो,थपिए पाँच संक्रमित

धादिङका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज जिल्लामा ६२ एण्टिजेन परिक्षण गरिएकोमा धुनिबेसी नगरपालिकामा २ र जिल्ला अस्पतालमा ३ गरि ५ पोजिटिभ आएकोे स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। सोमबार १२ संक्रमित थपिएका थिए।

यो सँगै जिल्लाको सक्रिय केश १९ पुगेको छ। संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ९० पुगेको छ। संक्रमित मध्ये ८ हजार ११९ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्