बेनिघाट रोराङको राष्ट्रिय मा.विमा अभिमुखिकरण कार्यक्रम सञ्चालन

बेनिघाट रोराङ गाउँपालिका वडा नं १० खोरभज्याङ स्थित राष्ट्रिय माध्यमिक बिद्यालय १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाट रोराङको वडा नं ६, ८ र १० का १९ बिद्यालयमा संचालन गर्न लागेको सुनौलो भबिष्यका लागि शिक्षा कार्यकम अन्तरगत मंगलबार अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रयास नेपाल धादिङले राष्ट्रिय माध्यमिक बिद्यालय संचालन गर्ने क्रियाकलाप, प्रक्रिया बजेटबारेमा प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत ईश्वरी कोईराला तथा कार्यक्रम संयोजक सुमन ज्ञवाली तथा चाइल्ड फण्ड जापानको संथागत जानकारी कार्यक्रम व्यवस्थापक बिर कुमार श्रेष्ठले जानकारी गराउनु भएको थियो ।

अभिमुखीकरण कार्यक्रममा बालबलिकाको बिद्यालयसम्म पहुँच बढाउनुका साथै गुणस्तरीय शिक्षा प्रदान गर्न कक्षा कोठा र बालबालिकालाई अवस्थामामा सुधार गर्दै सिकाई उपलब्धि बृद्धिमा बढ़ी जोड़ दिनु पर्ने र दिगो बिकासको लागि शिक्षा नै जग भएकोले गुणस्तरीय शिक्षा अत्यावश्यक रहेको चाईल्ड फण्ड जापानका कार्यक्रम व्यवस्थापक वीर कुमार श्रेष्ठले बताउनु भएको थियो ।

गुणस्तरीय शिक्षाको लगी बिद्यालय पनि लगनशील भएर लागि परिरहेकोले बिद्यालयमा शिक्षाका लागी आएका कार्यक्रमहरुसँग समन्वय र सहकार्य गर्न बिद्यालय पुर्ण रुपमा लागि पर्ने राष्ट्रीय माविका सहायक प्रधानाध्यापक गणेश अर्यालले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका वडा नं १० का वडाध्यक्ष तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर गुरुङले प्रयास नेपाल धादिङ र चाईल्ड फण्ड जापानले वडा तथा बिद्यालयको समन्वयमा गर्न लागिएको परियोजना देखी एकदम खुसी भएको र कार्यक्रम रहुन्जेल बिद्यालय र स्थानीय तहबाट सक्दो सहयोग गर्ने बताउनु भएको प्रयास नेपाल धादिङका सहायक सुचना अधिकृत दिप्ति जोशीले जानकारी दिनुभयो।

वडाध्यक्ष गुरुङको अध्यक्षता भएको अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय माध्यमिक बिद्यालय खोरभज्याङका बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक र शिक्षकहरु, चाईल्ड फण्ड जापानका कार्यक्रम निर्देशक बिमल भेटवाल, कार्यक्रम व्यवस्थापक वीर कुमार श्रेष्ठ ,अधिकृत श्रीकान्त लुईटेल, प्रयास नेपाल धादिङका सुनौलो भबिष्यका लागि शिक्षा परियोजनाका कर्मचारीहरु लगायत २५ जनाको उपस्थिति रहेको खोरभज्याङबाट प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्