सिद्धलेकका सबै विद्यालय माघ १५ गतेसम्म बन्द

धादिङको सिद्धलेक गाउँपालिकाका सबै विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।

बुधबार बसेको गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले १५ माघसम्मका लागि गाउँपालिकाको सम्पूर्ण विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठन लगाएतका क्रियाकलापहरु स्थगित गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले यो अवधीमा विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७ मा उल्लेख भएअनुसार विद्यार्थी मुल्याङ्कन क्रियाकलाप सञ्चालन गर्न गाउँपालिकाका सबै विद्यालयलार्ई अनुरोध गरेको छ।

मंगलबार जिल्ला शिक्षा समन्वय इकाईले जिल्लाका सबै पालिकालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा जारी निर्देशन कार्यान्वय गर्न अनुरोध गरेको थियो। जिल्लामा बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिका बाहेक अन्य पालिकाले विद्यालय बन्द गराएका छैनन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरे सँगै सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।तस्विर:नलाङ मा.वि

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्