सिकाई उपलब्धि बृद्धिको लागि शैक्षिक सरोकारवाला बिच कार्यशाला शुरु

बालबालिकाहरुको शैक्षिक सुधारको लागि रिठ्ठकादेवि ८ गजुरीमा बिद्यालय विकासमा सरोकारवालाको लागि कार्यशाला शुरु भएको छ । विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ लगायत सरोकारवालाहरुको शैक्षिक ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोगको लागि बुधबारबाट २ दिने कार्यशाला शुरु भएको हो ।

कार्यशालामा बिद्यालय सेवा क्षेत्र भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक र बालक्लब पदाधिकारी लगायत सरोकारवालाहरु उपस्थिति रहेको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक र बालक्लब पदाधिकारीको काम, कर्तव्य र भुमिका र उत्तरदायित्व, कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाहरुको शैक्षिक सवालहरु, आचार संहिता, बिद्यालय आर्थिक पारदर्शिता, बाल अधिकार, बालबालिका र अभिभावकहरु बिचको सम्बन्ध मझवुत बनाउने तौरतरिका लगायतका बिषयबस्तुमा प्रयास नेपाल धादिङका नवराज लामिछाने र कपिलदेव सापकोटाले सहजिकरण गर्नु भएको थियो ।

No description available.

शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बोध सहितको शिक्षण प्रणाली प्रबर्द्धन गर्न बिद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ लगायत बिद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालामा सहयोग गरिएको कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो । गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा, प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गरि कार्यशाला आयोजना भएको कार्यक्रम संयोजक सहदेव पण्डितले बताउनु भयो ।

कार्यशालामा बिद्यालय बालमैत्री वातावरण सिर्जना गर्न किन जरुरी छ , सिकाईमा बालमनोभावना अनुसार सहजिकरण गर्ने तरिका, स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह, अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,शिक्षक,बालबालिकाहरुको काम कर्तव्य र उत्तरदायित्व र पालना गर्नु पर्ने आचार संहिता लगायतका बिषयमा प्रयास नेपालका सहदेव पण्डित र नवराज लामिछानेले सहजिकरण गर्नु हुनेछ ।

कार्यशाला पछि बिद्यालयको शैक्षिक सुधार लागि कार्ययोजना र बिद्यालयका शिक्षक, बिद्यार्थी ,अभिभावक लगायत सबै सरोकारवालाहरुको लागि आचारसंहिता तयार गरि कार्यान्वयन गरिने रिठ्ठुकादेवी बिद्यालयका प्रधानाध्यापक मिलन बस्नेतले बताउनु भयो। रिठ्ठुकादेवि बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नवराज बस्नेतको अध्यक्षतामा भएको कार्यशाला बिहीबार सम्म संचालन हुने नवराज लामिछानेले जानकारी दिनु भयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्