धादिङमा सक्रिय संक्रमित ४२ पुग्यो,थप सोह्र जनामा संक्रमण

धादिङका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज जिल्लामा ६३ एण्टिजेन परिक्षण गरिएकोमा धुनिबेसी नगरपालिकामा ८, निलकण्ठमा ४, गल्छी गाउँपालिकामा ३ र ज्वालामुखी गाउपालिकमा १ गरी १६ पोजिटिभ आएकोे स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

संक्रमित हुनेमा ११ पुरुष र ५ महिला रहेको छ ।
यो सँगै जिल्लाको सक्रिय केश ४२ पुगेको छ। संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार २ सय १३ पुगेको छ। संक्रमित मध्ये ८ हजार ११९ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्