सिकाई उपलब्धि बृद्धिको लागि शैक्षिक सरोकारवालाबिचको कार्यशाला सम्पन्न

बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि गजुरी गाउँपालिकाले जिम्मेवारीपुर्वक काम गरेको वडा नं ८ का वडाध्यक्ष राज कुमार ढुड्गानाले बताउनुभएको छ।

गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेको बताउँदै ढुङ्गानाले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्र्दित भएर कार्य गर्ने बेला आएको बताउनुभयो।बिहिबार रिठ्ठुकादेवि आधारभुत बिद्यालय गजुरी ८ भण्डारखकर्मा बिद्यालय विकासमा सरोकारवालाको भुमिका बिषयक २ दिने अन्तरक्रिया कार्यक्रम समापनको अवसरमा सो कुरा बताउनु भएको हो ।

ढुङ्गानाले गाउँपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै गजुरीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको समेत बताउनुभएको छ।

विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ लगायत सरोकारवालाहरुको शैक्षिक ज्ञान, सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोगको लागि शैक्षिक सरोकारवालाहरुको कार्यशाला संचालन गरिएको हो ।

बिद्यालय सेवा क्षेत्र भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक र बालक्लब पदाधिकारी लगायत सरोकारवालाहरु उपस्थिति रहेको थियोे ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ,प्रधानाध्यापक, शिक्षक र बालक्लब पदाधिकारीको काम,कर्तव्य र भुमिका र उत्तरदायित्व, कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाहरुको शैक्षिक सवालहरु, आचार संहिता,बिद्यालय आर्थिक पारदर्शिता,बाल अधिकार, बालबालिका र अभिभावकहरु बिचको सम्बन्ध मझभुत बनाउने तौरतरिका लगायतका बिषयबस्तुमा प्रयास नेपाल धादिङका नवराज लामिछाने र कपिलदेव सापकोटाले सहजिकरण गर्नु भएको थियो ।

शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बोध सहितको शिक्षण प्रणाली प्रबर्द्धन गर्न बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत बिद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालाको लागि सहयोग गरिएको कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो।

गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा,प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गरि कार्यशाला आयोजना भएको कार्यक्रम संयोजक सहदेव पण्डितले बताउनुभयो ।

बिद्यालय बालमैत्री वातावरण सिर्जना गर्न किन जरुरी छ, सिकाईमा बालमनोभावना अनुसार सहजिकरण गर्ने तरिका, स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने, बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध, परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह, अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, बालबालिकाहरुको काम कर्तव्य र उत्तरदायित्व र पालना गर्नु पर्ने आचार संहिता लगायतका बिषयमा प्रयास नेपाल धादिङका सहदेव पण्डित, नवराज लामिछानेले सहजिकरण गर्नुभएको थियोे।

कार्यशाला पछि बिद्यालयको शैक्षिक सुधार लागि कार्ययोजना र बिद्यालयका शिक्षक, बिद्यार्थी,अभिभावक लगायत सबै सरोकारवालाहरुको लागि आचार संहिता निर्माण गरिएको र पुर्ण रुपमा कार्यान्वयन गरिने रिठ्ठुकादेवी बिद्यालयका प्रधानाध्यापक मिलन बस्नेतले बताउनु भयो ।रिठ्ठुकादेवि बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नवराज बस्नेतको अध्यक्षतामा भएको कार्यशाला बुधबारबाट शुरु भएको कार्यशाला बिहीबार सम्पन्न भएको नवराज लामिछानेले जानकारी दिनुभयो।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्