शुद्धोधन २ मा ल्याबसंञ्चालन तथा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सुरु

स्वास्थ्यसमाचार
रुपन्देही १९ लुम्बिनी ग्रामिण बिकास परिषदको आयोजना तथा शुद्धोधन गाउँपालिका बडा नं २का सहयोगमा ख बनगाई हेल्थपोष्टमा ल्याबसंञ्चालन तथा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सुरु भएको छ ।


कार्यक्रमको शुद्धोधन गाउँपालिका बडा नं २का अध्यक्ष बिष्णु प्रसाद बस्यालले उदघाटन गरे ।उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले स्वास्थ्य सबैभन्दा महत्वपुर्ण क्षेत्र भएकोले समाज परिर्बतनका लागी आफु स्वच्छ परिवार स्वच्छ र समाज स्वच्छ बनाउन महिलाहरुको भुमिका महत्वपुर्ण हुने बताए ।


महिलास्वास्थ्य स्वयससेबिका टोलसंस्था युवाकल्व का प्रतिनिधिहरु गाउँमा बिरामीहुदा सुरुमा नै पुग्ने भएकोले स्वास्थ्यमा परिर्वतनको लागी वडा कार्यलयले त्यसक्षेत्रमा लगानी गरेको बताए । कार्यक्रममा बोल्दै बस्यालले सुद्धोधन गाउपालिका वडा नं २ लाई स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा नमुनाबनाउने बताए । बस्यालले कार्यक्रमबाट सिकेका कुरालाई समाज परिर्बतनको लागी ब्यबहरमा लागु गर्ने आग्रह गरे ।
उदघाटन कार्यक्रममा बोल्दै सुद्धोधन गाउपालिका बडा नं २का बडा सचिब लक्ष्मण ज्ञाबलीले महिलाहरुका समस्या महिला लार्ई भने र पुरुषहरुलाई बताउन ग्राहो हुने भएकोले सबै क्षेत्रका महिलाहरुलाई नै छनोट गरिएको बताए ।


प्रजनन स्वास्थ्य देख्दा समान्य भएपनि यसमा धेरै महिलाहरुको समस्या देखीएकोले यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा ख बनगाई हेल्थपोष्ट ईन्र्चाज कबिराज गौतम लगायतले ल्याब संञ्चालन तथा महिलाहरुको प्रजन्न स्वास्थ्यको अबस्था बारे जानकारी गराएका थिए । लुम्बिनी ग्रामिण बिकास परिषदका अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षता सम्पन्न भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्