सुन २०० रुपैयाँले बढ्याे, यस्ताे छ बजार भाउ

काठमाडौं, ३० पुस

नेपाली बजारमा शुक्रबार सुन प्रतिताेला २०० रुपैयाँले बढेकाे छ । नेपाल  सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

 यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार  २०० रुपैयाँ  निर्धारण भएको छ । 

 चाँदीको भाउ पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्