शुक्रबार धादिङका ९ जनामा कोरोना पुष्टि, सक्रिय केश ५१

धादिङ,३० पुस।
धादिङका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज जिल्लामा १६ एण्टिजेन परिक्षण गरिएकोमा गल्छी गाउँपालिकामा ५ र त्रिपुरासुन्दरी गाउँपालिकामा ४ जना गरी ९ पोजिटिभ आएकोे स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमित हुनेमा ४ पुरुष र ५ महिला रहेको छ। बिहिबार १६ संक्रमित थपिएका थिए।

यो सँगै जिल्लाको सक्रिय केश ५१ पुगेको छ। संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार २ सय २२ पुगेको छ। संक्रमित मध्ये ८ हजार ११९ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्