धादिङका थप २३ जनामा कोरोना संक्रमण पुष्टि

धादिङका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज जिल्लामा ५१ एण्टिजेन परिक्षण गरिएकोमा निलकण्ठ नगरपालिकमा १४, बेनिघाट रोराङ गाउपालिकमा १ र धुनिबेसी नगरपालिकामा ८ गरि २३ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

शनिबार पनि २३ संक्रमित थपिएका थिए।यो सँगै जिल्लाको सक्रिय केश ९७ पुगेको छ। संक्रमित सबै होम आइसोलेसनमा रहेका छ

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार २ सय ६८ पुगेको छ। संक्रमित मध्ये ८ हजार ११९ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्