सात किलो एकसय ग्राम गाँजा सहित गल्छीबाट दुई जना पक्राउ

धादिङको गल्छी गाउँपालिका–७ गल्छी बजारबाट ७ किलो एकसय ग्राम लागु औषध गाँजा सहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गल्छी गाउँपालिका–५ रैलेका ३२ बर्षिय विनोद तामाङ र छहराकी २२ बर्षिया सिता रोक्का रहेकी छिन् ।

विशेष सुचनाको आधारमा गल्छि चोकबाट नुवाकोट तर्फ जादै गरेको बा २५ प ३१७४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्