२४ घण्टामा धादिङका ८७ जनालाई कोरोना संक्रमण

धादिङ,०४ माघ ।
धादिङका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज जिल्लामा १४२ एण्टिजेन परिक्षण गरिएकोमा निलकण्ठ नगरपालिकामा २८ जना, धुनिबेसीमा १९ जना, ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिकामा १२/१२ जना, गल्छीमा ९, बेनिघाट रोराङमा ४ र गंगाजमुना गाउँपालिकामा ३ जना गरि जिल्लामा आज ८७ पोजिटिभ केश देखिएको देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। आज संक्रमित हुनेमा ४७ महिला र ४० पुरुष रहेका छन् ।

सोमबार ४८ संक्रमित थपिएका थिए।यो सँगै जिल्लाको सक्रिय केश २३२ पुगेको छ। संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ४ सय ३ पुगेको छ भने संक्रमित हुनेको दर ६१ दशमलब २ प्रतिशत रहेको छ ।

संक्रमित मध्ये ८ हजार ११९ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्