बिद्यालयमा सुनौलो भविष्यका लागि शिक्षा कार्यक्रम सञ्चालन गर्दै प्रयास नेपाल, धुषा आविमा अभिमुखिकरण

बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ स्थित धुषा आधारभुत बिद्यालयमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बिद्यालयमा संचालन गर्न लागेको सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम अन्तरगत अन्तरगत मंगलबार धुषा आविमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

अभिमुखिकरण कार्यक्रममा प्रयास नेपालले धुषा आविमा संचालन गर्ने क्रियाकलाप, प्रक्रिया,बजेट लगाएतका बिषयमा प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत ईश्वरी कोईरालाले जानकारी गराउनु भएको थियो ।

अभिमुखीकरण कार्यक्रममा बालबलिकाको बिद्यालयसम्म पहुँच बढाउनुको साथै बिद्यालयमा बालबालिका उपस्थिति दर बढाउनुको साथै गुणस्तरीय बालबालिका सिकाई उपलब्धि सुधारका लागि बिद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा सरोकारवालाहरु आफ्नो काम कर्तव्य र उतरदयित्व जवाफदेही तथा जिम्मेवारी बोध सहित शिक्षणमा सहजताको लागि गाउँ पालिकासँगको समन्वयमा कार्यक्रम संचालन गर्न लागिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो।

गुणस्तरीय शिक्षाको लगी बिद्यालय पनि योजनाबद्ध रुपमा लगनशील भएर लागि परि रहेकोले बिद्यालयमा शिक्षाका लागी आएका कार्यक्रमहरुसँग समन्वय र सहकार्य गर्न धुषा आबि तयार रहेको प्रधानाध्यापक सीता भण्डारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका कार्यपालिका सदस्यबिन्दा मगरातीले प्रयास नेपाल धादिङ र चाईल्ड फण्ड जापानले वडा कार्यालय तथा बिद्यालय व्यवस्थापन समितिको समन्वयमा बिद्यालय शैक्षिक सुधारको लागि सहयोग गर्न लागेकोमा खुसी व्यक्त गर्दै कार्यक्रम संचालनको क्रममा गाउँपालिका तथा स्थानीय वडा कार्यलय र बिद्यालय तहबाट सक्दो सहयोग गर्ने बताउनुभएको प्रयास नेपालका सहायक सुचना अधिकृत दिप्ति जोशीले जानकारी दिनुभयो ।

गाउँपालिका कार्यपालिका सदस्य तथा बिद्यालय व्यवस्थापन समिति सदस्य मगरातीको अध्यक्षता भएको अभिमुखिकरण कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी,अभिभावक र शिक्षकहरु लगायत २३ जनाको उपस्थिति रहेको थियोे । कोभिड संक्रमणको अवस्थालाई ध्यान दिदै कार्यक्रम संचालन गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको साबधानि अपनाएर कार्यक्रम गरिएको आयोजकले बताएको छ।

बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन दिर्घकालिन उद्धेश्य राखेर चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ६, ८ र १० का १९ बिद्यालयमा सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम संचालन गर्दै छ।

No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्