धादिङमा कोरोना संक्रमण दर ६२.३% पुग्यो

धादिङमा कोरोना संक्रमण दर (पर्सेन्टेज पोजिटिभिटी रेट) झन्डै ६२.३ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार मंगलबार मात्रै जिल्लामा १५९ जनाको परीक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलबार निलकण्ठमा २८, धुनिबेसीमा १९, ज्वालामुखीमा १२, त्रिपुरासुन्दरीमा १२, गल्छीमा ९, गजुरीमा ९, बेनिघाट रोराङमा ७ र गंगाजमुना गाउपालिकामा ३ गरि ९९ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमित हुनेमा ५३ महिला र ४६ पुरुष रहेका छन्।

धादिङमा केही दिनयता संक्रमण दर बढ्दै गएको छ । सोमबार ४८ जना, आईतबार २३ जना र शनिबार पनि २३ संक्रमित थपिएका थिए।
हाल जिल्लाको सक्रिय केश २४४ पुगेको छ। संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ४ सय १५ पुगेको छ।संक्रमित मध्ये ८ हजार ११९ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्