पछिल्लो २४ घण्टामा २३ हजार बढिको परिक्षणमा ११ हजार बढिमा कोोना संक्रमण

नेपालमा पछिल्लो केही सातायता दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या लगातार बढेको छ। पछिल्लो २४ घण्टामा देशभर २३ हजार ४०९ को कोरोना परिक्षणमा ११ हजार ३५२ संक्रमित थपिएका छन्।

देशभरका प्रयोगशालाबाट १८ हजार ७८ जनाको पीसीआर गर्दा ९ हजार ५०२ र ५ हजार ३३१ जनाको एन्टिजेन परिक्षणमा १ हजार ८५० गरी ११ हजार ३५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले बुधबार प्रेस बिफ्रिङका क्रममा बताउनुभयो।

मंगलबार १० हजार २५८ संक्रमित थपिएका थिए।

यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ८२ हजार ९५० पुगेको छ ।यसैगरी पछिल्लो २४ घण्टामा ६१३ संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १८ हजार १६० पुगेको छ।सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९३ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६२८ पुगेकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा.अधिकारीले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्