धादिङमा थपिए ३६ संक्रमित,१४ संक्रमित डिस्चार्ज

धादिङका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज जिल्लामा ६९ एण्टिजेन परिक्षण गरिएकोमा धादिङ अस्पतालमा १६, निलकण्ठमा ६, नेत्रावती डवजोङमा ५, गंगाजमुनामा ४,ज्वालामुखीमा २, सिद्धलेकमा २ र गल्छीमा १ गरि ३६ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। मंगलबार ९९ संक्रमित थपिएका थिए।

यस्तै पछिल्लो २४ घण्टामा १४ संक्रमित निको भएका छन्। हाल जिल्लाको सक्रिय संक्रमित २६६ रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।धादिङमा कोरोना संक्रमण दर (पर्सेन्टेज पोजिटिभिटी रेट) झन्डै ५२.१ प्रतिशत पुगेको छ ।

केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ४ सय ५१ पुगेको छ। संक्रमित मध्ये ८ हजार १३३ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्