बेनिघाट रोराङको वडा नं ६, ८ र १० का तिन बिद्यालयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

बेनिघाट रोराङ, ०५ माघ।
बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ६, ८ र १० का ३ वटा बिद्यालय मा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बिद्यालयमा संचालन गर्न लागेको सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम अन्तरगत अन्तरगत बुधबार वडा नं ६ को सिद्धकाली आवि बुङपुङ, वडा नं ८ को जलदेबी आवि दुङ्वाङ र वडा नं १० को चित्रादेवी आवि लैताकमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

कार्यक्रम संचालन गर्ने क्रियाकलाप, प्रक्रिया बजेटबारे चित्रादेवी आ.विमा प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत सुरज श्रेष्ठ, सिद्धकाली आविमा ईश्वरी कोईराला र जलदेवी आबिमा सुमित्रा चेपाङ र कार्यक्रम संयोजक सुमन ज्ञवालीले जानकारी गराउनु भएको थियो ।

No description available.

अभिमुखीकरण कार्यक्रममा बालबलिकाको बिद्यालयसम्म पहुँच बढाउनुको साथै बिद्यालयमा बालबालिका उपस्थिति दर बढाउनुको साथै गुणस्तरीय बालबालिका सिकाई उपलब्धि सुधारका लागि बिद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा सरोकारवालाहरु आफ्नो काम कर्तव्य र उतरदयित्व जवाफदेही तथा जिम्मेवारी बोध सहित शिक्षणमा सहजताको लागि गाउँ पालिकासँगको समन्वयमा कार्यक्रम संचालन गर्न लागिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो।

No description available.

गुणस्तरीय शिक्षाको लगी बिद्यालय पनि योजनाबद्ध रुपमा लगनशील भएर लागि परि रहेकोले बिद्यालयमा शिक्षाका लागी आएका कार्यक्रमहरुसँग समन्वय र सहकार्य गर्न धुषा आबि तयार रहेको चित्रादेवी आबि अध्यक्ष राधादेवी डल्लाकोटीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

No description available.

जलदेवी आविका व्यवस्थापन समिति अध्यक्ष हर्कालाल चेपाङ र सिद्धकाली आविका व्यवस्थापन समिति अध्यक्ष सिताराम चेपाङले प्रयास नेपाल धादिङ र चाईल्ड फण्ड जापानले वडा कार्यालय तथा बिद्यालय व्यवस्थापन समितिको समन्वयमा बिद्यालय शैक्षिक सुधारको लागि सहयोग गर्न लागेकोमा खुसी व्यक्त गर्दै कार्यक्रम संचालनको क्रममा सक्दो सहयोग गर्ने बताउनुभएको प्रयास नेपालका सहायक सुचना अधिकृत दिप्ति जोशीले जानकारी दिनुभयो ।

No description available.

अभिमुखिकरण कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक अभिभावक संघका पदाधिकारी,अभिभावक र शिक्षक लगायत २३/२३ जनाको उपस्थिति रहेको थियोे ।कोभिड संक्रमणको अवस्थालाई ध्यान दिदै कार्यक्रम संचालन गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको साबधानि अपनाएर कार्यक्रम गरिएको आयोजकले बताएको छ।

No description available.

बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन दिर्घकालिन उद्धेश्य राखेर चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ६, ८ र १० का १९ बिद्यालयमा सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम संचालन गर्दै छ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्