थाहा पाउनुहाेस् तपाईंकाे आजको राशिफल

आजको पात्रो : ६ माघ, २०७८, तदनुसार जनवरी महिनाको २० तारिक २०२२ विहीबार । माघकृष्णपक्ष त्रयोदशी तिथि, अश्लेषा नक्षत्र,  आयुस्मान  योग, चन्द्रमा कर्कट राशिका रहेको छ । आज विहान सूर्योदय ६ः५७ मा हुनेछ भने सूर्यास्त १७ः३३ मा हुनेछ । आज विहान ११ः५४ देखि अभिजित मुहूर्त शु? हुनेछ भने १२ः३६ सम्म रहनेछ । यस्तै १:३५ देखि ३ः५५ सम्मको समयमा राहुकाल रहने छ । आजको देवता चन्द्र र ग्रहदेव केतु रहेको छ । विहीबारको दिन अध्ययन अध्यापन र अनुसन्धान र लेखनको कामको शु?वात गर्न सकिन्छ । कुनै शैक्षिक कार्यकोको शुभारभ्मको लागि बिहीबार छनोट गरिन्छ ।   

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सामाजिक सेवामूलक कामबाट तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा हर्ष छाउने छ । विहान सूर्योदयको दर्शन गर्नाले मनमा उर्जा थपिने छ ।  नयाँ कामको शु?वात हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । आजको दिन कसैँसँग विवाद नगर्नुहोला ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो काम र स्वास्थ्यमा ध्यान दिनु होला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकह?को लागि आजको दिन तपाईको सोचअनुसार नैं काम हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्यनारायणको दर्शन गर्नुभयो भने उर्जा थपिने छ । कुनै नयाँ कामको लागि तपाईलाई प्रस्ताव आउन सक्छ । आफ्नो कामलाई जिम्मेवारपूर्ण ढंगले गर्नुभयो भने तपाईको मनमा सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले विहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । आजको दिन अध्यात्म कार्यको लागि समय दिनुहोला । भजन र कीर्तन श्रवण गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । आजको दिन परिवारका सदस्य र कन्यालाई भोजन गराउनु होला ।  

तुला( रा.री.?.रे.रो.ता.ती.तु.ते)

तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

विहान सूर्योदयको दर्शन गरेर दिनको शु?वात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शु?वात समेत गर्न सक्नुहुनेछ । आज शु?वात गरेको कामबाट सफलता प्राप्त हुनेछ । आफ्नो नियमित काम गर्दा होसियारी, धैर्यतापूर्वक काम गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तान र स्त्रीजातिको साथ सहयोगले तपाईको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको सम्झना र ध्यान गर्नुहोला । ध्यान, साधना र मौनको आवश्यकता देखिन्छ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ ।  आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाह?लाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।    

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ अध्ययन, चिन्तन र सिर्जनात्मक काममा समय खर्च गर्नुहोला ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्