सुनकाे मूल्य प्रतितोलामा एक हजारको दरले बढ्यो, यस्ताे छ बजार भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ ।

बुधबारकाे तुलनामा  बिहीबार सुन ताेलामा एक हजार रुपैयाँले बढेकाे छ । महास‌ंघका अनुसार बुधबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्