ग्लोबल छनोटमा नेपालकोे पहिलो खेल ओमानसँग

आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको छ ।

आईसीसीको खेलतालिका अनुसार नेपाल र आयोजक ओमानबीचको फेबु्रअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुने भएको हो। नेपाल समुह २ मा रहेको छ ।

समुह २ मा नेपालसहित ओमान,क्यानाडा र फिलिपिन्स रहेका छन् । नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फ्रेबु्रअरी १९ मा हुनेछ नेपालको तेस्रो खेल भने क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेबु्रअरी २१ मा खेल्ने तालिका रहेको छ ।

समुह १ मा भने युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्