ओमिक्रोन संक्रमितमा देखिन सक्ने २० लक्षण यस्ता छन्

नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गइरहेको छ। ओमिक्रोन भेरियन्ट र डेल्टा दुवै भेरियन्टका संक्रमित भेटिएका छन्। तर पछिल्लो केही दिनयता ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या ह्वात्तै बढ्दै गएको छ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ। ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ।

ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ। पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ। यति धेरै सङ्क्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। 

ओमिक्रोनले कोरोना खोप लगाएका-नलगाएका दुवैलाई सङ्क्रमण हुन सक्दछ। संक्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गा¥हो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ।  खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ।

ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाच्छ्युँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण देखिने गर्दछ। घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण पनि देखिएका छन्।

बेलायतमा भएको एक अध्ययनले ओमिक्रोन संक्रमितमा विभिन्न २० वटा लक्षण देखिएको पत्ता लगाएको छ। यी लक्षण एकै व्यक्तिमा सबै लाग्ने नभएर ओमिक्रोन संक्रमितहरुमा देखिएका लक्षणहरु हुन्। अध्ययनले संक्रमितहरुमा देखिएका लक्षणहरु संकलन गर्ने क्रममा निम्न २० लक्षण देखिएको जनाएको छ।

१.    टाउको दुख्ने
२.    नाकबाट पानी बग्ने
३.    थकाइ
४.    हाच्छ्युँ
५.    घाँटी खसखस हुने
६.    खोकी लाग्ने
७.    कर्कश आवाज
८.    जाडो लाग्ने वा शरीर काँप्ने
९.    ज्वरो
१०.    रिंगटा लाग्ने
११.    मस्तिस्कमा सामान्य असर। जस्तै केही कुरा भुल्ने, एकाग्र नहुने।
१२.    सुँघ्ने क्षमतामा फरक
१३.    आँखामा दुखाइ
१४.    मांशपेशीमा दुखाइ
१५.    छाती दुख्ने
१६.    भोक नलाग्ने
१७.    स्वाद हराउने
१८.    कमजोरी
१९.    श्वासप्रस्वासमा समस्या
२०.    छालामा डबर तथा दाग देखिने

बच्ने उपाय     
यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ। सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ। -स्वास्थ्यखबर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्