जिल्ला प्रशासन कार्यालय धादिङमा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय धादिङबाट प्रवाह हुने सेवा स्थगन गरिएको छ ।

प्रशासनले शनिबार सूचना प्रकाशित गर्दै भोलि ९ गते आईतबारदेखी अर्को सुचना जारी नभएसम्मको लागि कार्यालयबाट सम्पादन हुने शान्ति सुरक्षा लगायतका अत्यावश्यक कार्य बाहेक अन्य सेवाहरु स्थगन गरिएको जानकारी दिएको हो।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन तिव्र रुपमा बढिरहेको र पछिल्लो समय जिल्लामा पनि संक्रमण तीब्र रूपमा फैलिएको,प्रशासन कार्यालयमा कार्यरत कतिपय कर्मचारीहरुमा पनि संक्रमणसँग मिल्दाजुल्दा लक्षणहरु देखा पर्नुका साथै कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड भई कार्यालयबाटै कोभिण संक्रमण फैलिन सक्ने जोखिमका कारण अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको प्रशासनले जनाएको छ।

कार्यालयबाट सम्पादन हुने शान्ति सुरक्षा लगायतका अत्यावश्यक कार्य बाहेक अन्य सेवाहरु जस्तै नागरीकता, राहदानी, राष्टिय परिचयपत्र, संस्था दर्ता/नविकरण, नावालक परिचयपत्र, सिफारीस लगायत अन्य सेवाहरु स्थगन गरीएको सूचनामा भनिएको छ ।

साथै अत्यावश्यक सेवा लिन आउनुहुने सेवाग्राहीले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरी साथमा खोपकार्ड वा खोपकार्डको फोटो लिएर आउन समेत अनुरोध गरेको छ।

यस्तो छ,प्रशासनद्धारा जारि सूचना :

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्