पछिल्लो २४ घण्टामा १० हजार २५४ संक्रमित थपिदा १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २० हजार १८७ नमुना परीक्षण गर्दा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाबाट १४ हजार ४६२ जनाको पीसीआर गर्दा ८ हजार २१२ र ५ हजार ७२५ जनाको एन्टिजेन परिक्षणमा २ हजार ४२ गरी १० हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार १० हजार ७०३ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या १० लाख १६ हजार ८४५ पुगेको छ ।यसैगरी पछिल्लो २४ घण्टामा ७०८ संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख २० हजार २८३ पुगेको छ।

सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९०.७ प्रतिशत रहेको छ।यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १६ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६५१ पुगेकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्