पात्लेमा मानबहादुर कप फुटबल प्रतियोगिता सुरु,पहिलो खेलमा डीएफसी ए विजयी

धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट पात्लेमा मानबहादुर कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ।

विद्यार्थी उपकार संघ पात्लेको आयोजना तथा मानबहादुर मेमोरियल ट्रस्ट पात्लेको सहआयोजनामा आजबाट आठौं मानबहादुर कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको पहिलो दिन आज भएको खेलमा धादिङबेसीको धादिङ फुटबल क्लव (डीएफसी) ए ले विजयी सुरुवात गरेको छ ।आज भएको खेलमा धादिङ फुटबल क्लव ए ले लर्क्याप युनाईटेडलाई ८–० गोलअन्तरले परराजित गरेको आयोजकका सुरेस तामाङले जानकारी दिनुभयो। प्रतियोगिताको दोस्रो दिन भोलि ४ खेल हुने आयोजकले जनाएको छ ।

भोली हुने खेलहरुमा अन्नपूर्ण बि र बिदुर, धादिङ फुटबल क्लव बि धादिङबेसी र लगनशिल युवा क्लव ज्वालामुखी, दाङसिङ युवा क्लव र जागरण समाज ए, यस्तै अन्तिम खेल भञ्याङ युवा क्लव र कुपा युवा क्लव बीच हुने आयोजकले जनाएको छ ।

माघ १५ गते सम्म चल्ने प्रतियोगितामा २९ टिम सहभागि छन् । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार, द्वितिय पुरस्कार ६० हजार र सेमिफाईनल पुग्ने टिमलाई २०–२० हजार रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्