सुनको मूल्य ३०० ले घट्याे, यस्ताे छ बजार भाउ

काठमाडौं, ९ माघ

साताकाे पहिलाे दिन आइतबार सुनकाे मूल्य प्रतिताेला ३००ले घटेकाे छ । गत साताकाे अन्तिम दिन शुक्रबारकाे तुलनामा चालु साताकाे पहिलाे दिन आइतबार ताेलामा ३००ले घटेर छापावाल सुन प्रतिताेला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघअनुसार  गत साताकाे अन्तिम दिन शक्रबार  छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्