धादिङमा आज ९९ नमुना परिक्षण गर्दा थप ६२ संक्रमण:सक्रिय संक्रमित पाँचसय नाघ्यो

धादिङका थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज जिल्लामा ९९ एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखीमा १७, धुनुबेशीमा १५, गजुरीमा ११, निलकण्ठमा ७ र गंगाजमुनामा ६ गरि जिल्लामा आज ६२ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

आज ९ संक्रमित संक्रमण मुक्त भएका छन्।हाल जिल्लाको सक्रिय संक्रमित ५०६ रहेका छन्।संक्रमित मध्ये ४९९ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ६२ दशमलव ६ प्रतिशत पुगेको छ ।केही दिनयता संक्रमण दर बढ्दै गएको छ । शनिबार ६१ संक्रमित थपिएका थिए।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ७ सय २८ पुगेको छ। संक्रमित मध्ये ८ हजार १६१ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्