जनप्रभात र जोगिमारा आविमा अभिमुखिकरण कार्यक्रम सञ्चालन

बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ८ र १० का २ वटा बिद्यालयमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बिद्यालयमा संचालन गर्न लागेको सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम अन्तरगत आईतबार वडा नं ८ को जनप्रभात आबि र वडा नं १० को जोगिमारा आविमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

जोगिमारा आधारभुत बिद्यालयमा सुनौलो भबिस्यका लागि शिक्षा परियोजनाबाट आगामी दिनमा संचालन हुने क्रियाकलाप,संचालन प्रक्रिया अनुमानित बजेटका बारेमा प्रयास नेपालका सहायक कार्यक्रम अधिकृत सुरज श्रेष्ठ र वडा नं ८ को जनप्रभात आबिमा सहायक कार्यक्रम अधिकृत सुमित्रा चेपाङले जानकारी गराउनु भएको प्रयास नेपाल धादिङका सबिना चेपाङले जानकारी दिनुभयो ।

बालबलिकाको बिद्यालयसम्म पहुँच बढाउन, बालबालिका उपस्थिति तथा नियमितता गराउन र सिकाई उपलब्धि सुधारका लागि बालबालिकालाई केन्द्रबिन्दुमा राखेर कार्यक्रम संचालन गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।

कार्यक्रमले बालबालिकाको सिकाई उपलब्धि बृद्धि गर्न सम्बन्धित पक्ष बिद्यालयका व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,शिक्षक तथा सरोकारवालाहरुसँग सहकार्य तथा गाउँपालिकासँगको समन्वयमा कार्यक्रम संचालन गर्न लागिएको पनि अर्यालले बताउनुभयो।

अभिमुखिकरण कार्यक्रममा जनप्रभात आविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णिामा चेपाङ, प्रधानाध्यापक उर्मिला गुरुङ तथा जोगिमारा आबिका अध्यक्ष राधाकुरारी डल्लाकोटी,प्रधानाध्यापक योव कुमारी मरहठ्ठा सहित विव्यस पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी,अभिभावक र शिक्षकहरु, लगायत २३/२३ जनाको उपस्थिति रहेको थियोे ।

यसैगरी गत शुक्रबार वडा ६ को नवप्रतिभा आबि माम्मुङ र वडा नं ८ को चित्रकालिका आवि बर्पुकमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।अभिमुखिकरण बिव्यसका पदाधिकारी ,शिक्षक,अभिभावक संघका पदाधिकारी, अभिभावकहरु र लगायतको उपस्थितिमा सम्पन्न भएको बेनिघाटरोराङ मिजारगाउँबाट सबिना चेपाङले जानकारी दिनुभयो ।

कोभिड संक्रमणको अवस्थालाई ध्यान दिदै कार्यक्रम संचालन गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको साबधानि अपनाएर कार्यक्रम गरिएको आयोजकले बताएको छ।बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन दिर्घकालिन उद्धेश्य राखेर चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ६, ८ र १० का १९ बिद्यालयमा सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम संचालन गर्दै छ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्