सुनौलो भविष्यका लागि शिक्षा कार्यक्रम सम्बन्धी जलकन्या र गोठिभज्याङ आबिमा अभिमुखिकरण

बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ८ र १० का २ वटा बिद्यालयमा १ दिने अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ।

बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बिद्यालयमा संचालन गर्न लागेको सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम अन्तरगत सोमबारवडा नं ८ को गोठिभज्याङ आबि र वडा नं १० को जलकन्या आविमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

जलकन्या आधारभुत बिद्यालय ताक्थलीमा सुनौलो भबिस्यका लागि शिक्षा परियोजनाबाट आगामी दिनमा संचालन हुने क्रियाकलाप,संचालन प्रक्रिया, अनुमानित बजेटका बारेमा प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत सुरज श्रेष्ठ र सहायक सुचना अधिकृत दिप्ति जोशीले जानकारी गराउनु भएको थियो वडा नं ८ को गोठिभज्याङ आबिमा सहायक कार्यक्रम अधिकृत सुमित्रा चेपाङले जानकारी गराउनु भएको प्रयास नेपाल धादिङका सबिना चेपाङले जानकारी दिनुभयो।

कोभिड संक्रमणको अवस्थालाई ध्यान दिदै कार्यक्रम गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको साबधानि अपनाएर अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको सबिना चेपाङले बताउनुभयो।

बालबलिकाको बिद्यालयसम्म पहुँच बढाउन, बालबालिका उपस्थिति तथा नियमितता गराउन र सिकाई उपलब्धि सुधारका लागि बालबालिकालाई केन्द्रबिन्दुमा राखेर कार्यक्रम संचालन गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।

कार्यक्रमले बालबालिकाको सिकाई उपलब्धि बृद्धि गर्न सम्बन्धित पक्ष बिद्यालयका व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,शिक्षक तथा सरोकारवालाहरुसँग सहकार्य तथा गाउँपालिकासँगको समन्वयमा कार्यक्रम संचालन गर्न लागिएको पनि अर्यालले बताउनुभयो।

गोठिभज्याङ आबिमा भएको अभिखुखिकरण कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी चेपाङ, प्रधानाध्यापक टंक बहादुर गुरुङ तथा जलकन्या आबिमा भएको अभिमुखिकरण कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर चेपाङ,प्रधानाध्यापक टंक बहादुर मगर सहित विव्यस सदस्यहरु,शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, बालक्लबका सदस्य र शिक्षक लगायत २४/२४ जनाको उपस्थिति रहेको गोठिभज्याङबाट प्रयास नेपाल धादिङका सबिना चेपाङले जानकारी दिनुभयो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्