आजदेखि मौसममा सामान्य सुधार


आजदेखि मौसममा सामान्य सुधार आएको छ ।आजदेखि सामान्य सुधार भए पनि आउँदो तीन दिनसम्म देशभरको मौसम पूर्णरुपमा सफा हुने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको असर कायमै रहेकोले देशैभरि बद्लीको सम्भावना रहेको तर हिजोको तुलनामा आज मौसम केही सुधार हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।आज पहाडी भेगमा बिहानीपख केही बेर घाम लाग्ने तर दिउँसोपछि पुनः बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्