स्थायी शिक्षक पदमा दुई लाखभन्दा बढीको आवेदन

शिक्षक सेवा आयोगले माग गरेको स्थायी शिक्षक पदमादुई लाखभन्दा बढीको आवेदन परेको छ ।आयोगले माग गरेको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा आइतबारसम्म दुई लाख १८ हजार ३८३ जनाले आवेदन भरेका छन् ।

माध्यमिक तहका लागि आवेदन फाराम भर्ने म्याद शनिबार सकिएको छ । सो तहका ३६ हजार ५८२ जनाले आवेदन फाराम भरेका छन् । यस पटकबाट अनलाइन माध्यमबाट आवेदन फाराम भर्न पाउने व्यवस्था छ । यसअघि लिइएको माध्यमिक तहको परीक्षामा ६० हजारले आवेदन फाराम भरेका थिए ।

आयोगका अनुसार आइतबारसम्म प्राथमिक तहमा ९५ हजार ८६ र निम्न माध्यमिक तहमा ८६ हजार ७१५ जनाले आवेदन फाराम भरिसकेका छन् । निम्न माध्यमिकको माघ १५ र प्राथमिक तहको माघ २० गतेसम्म आवेदन फाराम बुझाउने अवधि छ ।

आयोगले माध्यमिक तहका उम्मेदवारबाट तीन करोड ६५ लाख ८२ हजार रुपियाँ, निम्न माध्यमिक तहका उम्मेदवारबाट छ करोड सात लाख पाँच सय रुपियाँ र प्राथमिक तहका उम्मेदवारबाट छ करोड ७५ लाख ४३ हजार पाँच सय रुपियाँ गरी १४ करोड ४८ लाख २६ हजार रुपियाँ राजस्व उठाइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्