पुस महिनाको उत्कृष्ट प्रहरीमा बेनीघाटमा कार्यरत सई चन्द्र मोक्तान

ईलाका प्रहरी कार्यालय बेनीघाटमा कार्यरत प्रहरी नायव निरीक्षक चन्द्र मोक्तान उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ।

बागमती प्रदेश सशस्त्र प्रहरी गण गुल्म नं २ रातामाटे मकवानपुर दरबन्दी भई ईलाका प्रहरी कार्यालय बेनीघाटमा कार्यरत प्रहरी नायव निरीक्षक मोक्तानको कामको कदर गर्दै जिल्ला प्रहरी कार्यालय धादिङले बेस्ट स्टेट पोलिस अफ द मन्थ(पुस महिनाको सर्बोत्कृष्ट प्रहरी) घोषणा गरेको हो।

सर्बोत्कृष्ट घोषणा हुनुभएका मोक्तानले गत पुस १४ गते बेनीघाट बजारको एस के एस मोबाईल एण्ड इलेक्टिक पसलबाट विभिन्न नयाँ तथा पुराना मोबाईल गरगहना चोरी फरार भएका श्याम प्रजा भन्ने सुर्य बहादुर मगरलाई नियन्त्रणमा लिई निजको साथबाट मोबाईल, विभिन्न किसिमका गरगहना, रिचार्ज कार्ड लगायतका सामान बरामद गरी डिउटीमा इमानदार पुर्वक कार्यसम्पादन गरेकाले सम्मान गरिएको धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो।

मोक्तानलाई अभिलेखमा उल्लेख हुने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरिएकोे प्रमुख प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय धादिङले मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मूल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवम् थप हौसला प्रदान गर्ने उद्धेश्यले हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गरि सम्मान गर्दै आएको छ।

May be an image of 1 person and text that says "শa एमालग जलला प्रहरी कार्यालय, धादिड BEST POLICE २०७८ बागमती प्रदेश प्रहरी कायको गाउपालिका पुरानो निकालिएको मकवानपर ईलाका प्रहरी कार्यालय नं.४३९४०१र प्र.ना.नि. समयमा जिल्ला धादिद. रोराड पसलबाट बिभिन्न नयाँ बहादर चारसय फॉँट धादिडवाट सुनको तिलहरी थान लिला झम्का? माटोको लेदरका कालो झोला थान IMEI रिचार्ज कार्ड ईमान्दार त्कष्ट प्रहरी संगठनको छविलाई कार्येको मूल्याड्कन नायव निरीक्षकलाई Korean VIVO सिक्री ढंगले कार्य १०० बरामद नीति आफुलाई अक्षरस पालंना प्र.ना.नि प्रोत्साहित (BEST कार्यालयबाट गरिएको S হমট (र्रकेश सिंह) कार्यालय, धादिड"

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्