बेनिघाट रोराङ–१० को जलकन्या आबिमा अभिमुखिकरण कार्यक्रम सञ्चालन

बेनिघाट रोराङ गाउँपालिकाको वडा नं १० को जलकन्या आधारभुत बिद्यालयमा १ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ।

बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बिद्यालयमा संचालन गर्न लागेको सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम अन्तरगत मंगलबार वडा नं १० को जलकन्या आधारभुत बिद्यालय यारवाङमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

No description available.

कार्यक्रममा बिद्यालयमा हुने सुनौलो भबिस्यका लागि शिक्षा परियोजनाबाट आगामी दिनमा संचालन हुने क्रियाकलाप,संचालन प्रक्रिया, अनुमानित बजेटका बारेमा प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत सुमित्रा चेपाङले गराउनु भएको प्रयास नेपाल धादिङका सबिना चेपाङले बताउनुभयो।

No description available.

कोभिड संक्रमणको अवस्थालाई ध्यान दिदै कार्यक्रम गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको साबधानि अपनाएर अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको सबिना चेपाङले बताउनुभयो।

बालबलिकाको बिद्यालयसम्म पहुँच बढाउन, बालबालिका उपस्थिति तथा नियमितता गराउन र सिकाई उपलब्धि सुधारका लागि बालबालिकालाई केन्द्रबिन्दुमा राखेर कार्यक्रम संचालन गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।

कार्यक्रमले बालबालिकाको सिकाई उपलब्धि बृद्धि गर्न सम्बन्धित पक्ष बिद्यालयका व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,शिक्षक तथा सरोकारवालाहरुसँग सहकार्य तथा गाउँपालिकासँगको समन्वयमा कार्यक्रम संचालन गर्न लागिएको पनि अर्यालले बताउनुभयो।

No description available.

अभिखुखिकरण कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवहरि चेपाङ, प्रधानाध्यापक गीता थपलिया सहित विव्यस सदस्यहरु, शिक्षक अभिभावक संघका अध्यक्ष तथा सदस्यहरु, अभिभावक, बालक्लबका सदस्य तथा शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्