२१ हजार ८०८ परीक्षणमा ८ हजार १७ संक्रमित थप:१५ जनाको ज्यान गयो

नेपालमा पछिल्लो २४ घण्टामा देशभर २१ हजार ८०८ नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज देशभरका प्रयोगशालाबाट १५ हजार ७३६ जनाको पीसीआर गर्दा ५ हजार ८१६ र ६ हजार ७२ जनाको एन्टिजेन परिक्षणमा २ हजार २०१ गरी ८ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ। बुधबार ८ हजार ४५४ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या १० लाख ६२ हजार १०५ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ३७ हजार ४ पुगेको छ

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १५ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६८७ पुगेकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्