गण्डकी गाउँपालिकाको आयोजनामा अन्तर गाउँपालिका कृषि/पशु शाखाबिच समन्वयात्मक बैठक

बेनिघाट रोराङको बिशालटारमा अन्तर गाउँपालिका कृषि/पशु शाखाहरु बिच समन्वयात्मक बैठक बिहिबार सम्पन्न भएको छ ।

गोरखाको गण्डकी गाउँपालिका कृषि/पशु विकास शाखाको आयोजनामा शहिद लखन, ईच्छाकामना, बेनिघाट रोराङ, सिद्धलेक र ज्वालामुखी गाउँपालिकाका कृषि/पशु शाखाहरु बिच समन्वयात्मक बैठकमा कृषी तथा पशु क्षेत्रमा आपसी सहकार्यका साथ काम गर्ने सामुहिक प्रतिबद्धता गरिएको छ।

बैठकले पशुपंक्षिको महामारीजन्य रोगको नियन्त्रणको लागि सबै गाउँपालिकाले पुर्ण खोप कार्यक्रम सञ्चालन गर्ने,भ्याक्सिनेशन रिपोट आदान प्रदान गर्ने,स्थानिय उत्पादन संरक्षण तथा प्रवद्र्धन गरी छिमेकी गाउँपालिकाको बजारसम्म पुर्याउने, पशुधनको संरक्षणको लागि पशुपंक्षी बिमा कार्यक्रमको पँहुच पुर्याउने लगाएतको ११ बुुदेँ प्रतिबद्धता जायर गरिएको छ।

यस्तै सबै पालिकाको जनप्रतिनिधि, प्रशासनसँग सामुहिक रुपमा छलफल तथा समन्यव गरी छिमेकी गाउँपालिकाको असल अभ्यास आदान–प्रदान गर्ने, जथाभावी प्रयोग हुने रासायनिक मल, बिषाक्त बस्तुको नियन्त्रण गरी व्यवस्थापन गर्ने लगाएतको निर्णय भएको छ।

गण्डकी गाउँपालिकाका कृषी बिकास अधिकृत कृष्ण प्रसाद भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा पशु बिकास अधिकृत डा.हरि प्रसाद पन्तको अध्यक्षता तथा इच्छाकामना गाउँपालिकाका कृषि अधिकृत आनन्द राज घिमिरेको बिशेष आतिथ्य रहेको थियो।

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्