अपडेट : ४ हजार ९०४ कोरोना संक्रमित थपिदा झण्डै छ हजार निको,छ को मृत्यु

धादिङ,१५ माघ।

पछिल्लो २४ घण्टामा नेपालमा थपिने कोरोना संक्रमित भन्दा निको हुने बढि रहेका छन्।

आज देशभर १४ हजार ५६२ नमुना परीक्षण गर्दा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालाबाट १० हजार १०१ जनाको पीसीआर गर्दा ३ हजार ३१८ र ४ हजार ४६१ जनाको एन्टिजेन परिक्षणमा १ हजार ५८६ गरी ४ हजार ९०४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ पुगेको छ। शुक्रबार ६ हजार ८२७ संक्रमित थपिएका थिए।

यो सँगै देशभर संक्रमित हुनेको संख्या १० लाख ७३ हजार ८३६ पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार ९२४ संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ४८ हजार ३६० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ६ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ७०३ पुगेकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्