धादिङमा शनिबार ४९ जनाले गरे रक्तदान

धादिङमा शनिबार भएको छुट्टाछुट्टै खुल्ला रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका छन्।

नेपाल रेडक्रस सोसाईटी केवलपुर उपशाखाको आयोजनामा थाक्रे महादेबबेशीमा भएकोरक्तदान कार्यक्रममा ५ जना महिला र २६ जना पुरुष गरि ३१ जनाले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी शनिबार नै राष्ट्रिय युवा संघ नेपाल नेत्रावती डवजोङ गाउँपालिकाको आयोजनामा सेमजोङ चौतारामा भएको रक्तदान अभियान शुभारम्भ कार्यक्रममा १८ जनाले रक्तदान गर्नुभएको श्रेष्ठले जानकारी दिनुभयो ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको धादिङको प्राविधिक सहयोग ररहेको थियो।

धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

चालु आर्थिक बर्षको असार मसान्तसम्म ५ हजार पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य लिएको धादिङ रेडक्रसका उपमन्त्री श्रेष्ठले जानकारी दिनुभयो।जिल्लामा रक्तदान गर्नेको संख्या बढ्न थालेको छ।नागरिकमा बिस्तारै चेतनाको स्तर उठ्न थालेपछि रगत दान गर्नेको संख्या बढ्दै गएको उपमन्त्री श्रेष्ठको भनाई छ।तस्विर:नारायण कुमार श्रेष्ठ

May be an image of 3 people and outdoors
May be an image of 3 people, people sitting and outdoors
May be an image of 3 people, people sitting and outdoors
May be an image of 4 people and people sitting
May be an image of 3 people, outdoors and text that says "लाइटी कम"
May be an image of 4 people, people sitting and outdoors

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्