राष्ट्रिय युवा सङ्घ धादिङको साताव्यापी रक्तदान अभियान,१७ गते साँधभञ्ज्याङमा हुने

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ धादिङले खुल्ला सप्ताह–व्यापी रक्तदान अभियान सुरु गरेको छ ।

कोभिड–१९ का कारण उत्पन्न रगत अभाव पूर्तिका लागि युवा संघ धादिङले सुरु गरेको अभियान अन्तरगत शनिबार राष्ट्रिय युवा संघ नेत्रावती डवजोङ गाउँपालिकाको आयोजनामा सेमजोङ चौतारामा भएको रक्तदान अभियान शुभारम्भ कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए।

देशभर रगत अभाव हुन थालेको भन्दै सबै जिल्लामा रक्तदान गर्ने केन्द्रको तयारी अनुरुप धादिङमा सप्ताह व्यापी रक्तदानको कार्यक्रम सुरु गरिएको राष्ट्रिय युवा संघ धादिङका संयोजक काजी श्रेष्ठले जानकारी दिनुभयो।

संयोजक श्रेष्ठका अनुसार माघ १७ गते राष्ट्रिय युवा संघ ज्वालामुखी गाउँपालिका कमिटिको आयोजनामा साँधभञ्ज्याङमा रक्तदान कार्यक्रम हुनेछ ।

धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

चालु आर्थिक बर्षको असार मसान्तसम्म ५ हजार पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य लिएको धादिङ रेडक्रसले जनाएको छ।नागरिकमा बिस्तारै चेतनाको स्तर उठ्न थालेपछि जिल्लामा रक्तदान गर्नेको संख्या बढ्न थालेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्