पात्लेमा सम्पन्न आठौं मान बहादु कपको उपाधी नुवाकोटको दाङसिङ युवा क्लवलाई

नीलकण्ठ नगरपालिका–१४ पात्लेमा सम्पन्न आठौं मान बहादु कप फुटबल प्रतियोगिताको उपाधी नुवाकोटको दाङसिङ युवा क्लवले जितेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको शनिबार भएको फाईनल खेलमा धादिङको डवजोङ क्षेत्र संरक्षण समाज सेमजोङलाई २–१ गोल अन्तरले पराजित गर्दै नुवाकोटको दाङसिङ युवा क्लवले उपाधी जितेको हो ।

जितसँगै बिजेता दाङसिङ युवा क्लव नुवाकोटले नगद १ लाख २५ हजार पुरस्कार हात पारेको छ भने उपविजेतामा रोकिएको धादिङको डब्जोङ क्षेत्र संरक्षण समाजले ६० हजार प्राप्त गरेको छ ।यसैगरी समेमिफाईनलमा रोकिएका दुई क्लवहरु सुर्योदय युवा क्लव धादिङ र मेगाङ युवा क्लव नुवाकोटले नगद २०–२० हजार पाएका छन्।

विद्यार्थी उपकार संघ पात्लेको आयोजना तथा मानबहादुर मेमोरियल ट्रस्ट पात्लेको सहआयोजनामा माघ ८ गतेदेखी १५ गतेसम्म भएको आठौं मानबहादुर कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगितामा २९ वटा क्लवहरुले भाग लिएका थिए।

विद्यार्थी उपकार संघले विगत ८ वर्षदेखि हरेक माघ महिनामा संस्थापक अध्यक्ष स्वर्गिय मानबहादुर तामाङको नाममा यो प्रतियोगिता गर्दै आएको संघका उपाध्यक्ष सुरेश तामाङले बताउनुभयो।तस्विर:धादिङपोष्ट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्