धादिङ अपडेट:पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण,८५ निको

धादिङमा पछिल्लो २४ घण्टामा थपिने कोरोना संक्रमित भन्दा निको हुने बढि रहेका छन्। आज ७७ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ८५ संक्रमित संक्रमण मुक्त भएका छन्।

जिल्लाभर गरिएको १ सय ४३ एण्टिजेन परिक्षणमध्ये धादिङ अस्पतालमा १९, ज्वालामुखीमा १७, त्रिपुरासुन्दरीमा १२, धुनिबेसिमा ७, बेनिघाट रोराङमा ७, गंगाजमुनामा ५, गजुरीमा ५, नीलकण्ठमा ३ र नेत्रावती डवजोङमा २ गरी ७७ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

योसँगै जिल्लाको सक्रिय संक्रमित ६ सय २० पुगेको छ।संक्रमित मध्ये ६ सय ९ जना होम आइसोलेसनमा रहेका छन् भने ११ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ५३ दशमलब ८ प्रतिशत पुगेको छ ।केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।शनिबार मात्रै ७३ संक्रमित थपिएका थिए।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार २२५ पुगेको छ। संक्रमित मध्ये ८ हजार ५४४ निको भईसकेका छन् भने संक्रमणका कारण ८० जनाले ज्यान गुमाइसकेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्