विश्वविद्यालय अनुदान आयोगका कर्मचारीको बढुवा

काठमाडाैं, १७ माघ
विश्वविद्यालय अनुदान आयोगले पाँच जना कर्मचारीको बढुवा सिफारिस गरेको छ । 

आयोगले कार्यसम्पादन मूल्यांकन, जेष्ठता, शैक्षिक योग्यता र सेवकालीन तालिमका आधारमा निर्देशक र उपनिर्देशक पदमा बढुवा गरेको हो ।

निर्देशक (अधिकृतस्तर प्रथम)मा केदारप्रसाद चालिसे र राममणि गौतम सिफारिस भएका छन् भने उपनिर्देशक (अधिकृतस्तर द्वीतिय)मा रमेशप्रसाद अधिकारी, देवेन्द्र रावल र कपिल रिसाल सिफारिसमा परेका छन् ।
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्