पूर्वसभासद थापाकाे निधन

काठमाडाैं, १७ माघ

नेकपा (एकीकृत समाजवादी)का नेता डा दुमनिसिंह थापाकाे निधन भएकाे छ ।

अर्घाखाँची जिल्लाबाट पहिलाे संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो।

केही समय अघि उनकाे मिर्गौला प्रत्यारोपण भएकाे थियाे ।

एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्