धादिङमा बार अनुसार प्रशासनले सेवा दिने(कुन स्थानिय तहको कुन बार,विवरण सहित)

जिल्ला प्रशासन कार्यालय धादिङले बार अनुसार सेवा प्रवाह गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबार एक सुचना प्रकाशन गर्दै भोलि मंगलबारदेखि १३ वटा स्थानिय तहका सेवाग्राहीलाई बार अनुसार सेवा प्रवाह गर्न लागिएको जानकारी दिएको छ ।

कोभिड १९ को नयाँ भेरियन्ट संक्रमणको कारण कार्यालयमा कार्यरत कर्मचारीहरु संक्रमण भई उपचार तथा आईशोलेसनमा रहेका कारण माघ ९ गते आईतबार देखि अत्यावश्यक बाहेकका सेवा स्थगन गरीएको थियो ।

सेवा प्रवाह हुने स्थानिय तहअनुसार धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकाका लागि आईतबार, गल्छी र गजुरी गाउँपालिकाका लागि सोमबार, नीलकण्ठ नगरपालिका र गंगाजमुना गाउँपालिकाका लागि मंगलबार, त्रिपुरासुन्दरी र बेनिघाट रोराङ गाउँपालिकाका लागि बुधबार, खनियाबार र नेत्रावती डबजोङ गाउँपालिकाका लागि बिहीबार, ज्वालामुखी र सिद्धलेक गाउँपालिकाका लागि शुक्रबार र रुवीभ्याली गाउँपालिकाको हकमा भने कार्यालय खुल्ने सबै बार सेवा उपलब्ध हुने कार्यालयले जनाएको छ ।

साथै हाल कोभिड १९ को संक्रमण पुर्ण रुपमा नियन्त्रण आनसकेको हुँदा सेवा लिन अति आवश्यक परेकोे अवस्थामा मात्र आफनो स्थानिय तहको पालो अनुसार मात्र कार्यालयमा आउन र अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरी साथमा खोपकार्डको फोटो भएपनि लिएर आउन प्रशासनले सेवाग्राहीलाई अनुरोध गरेको छ ।

हेर्नुहोस प्रशासनले जारी गरेको सूचना :

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्