धादिङमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ६१ संक्रमित संक्रमण मुक्त भएका छन्।
संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
जिल्लाभर गरिएको १ सय १३ एण्टिजेन परिक्षणमध्ये निलकण्ठमा २०, धादिङ अस्पतालमा १४, ज्वालामुखीमा १३, धुनिबेसिमा ५, त्रिपुरासुन्दरीमा ४, रुवी भ्यालिमा ४ र गंगाजमुनामा २ गरि ६२ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
योसँगै जिल्लाको सक्रिय संक्रमित ६ सय २१ पुगेको छ।संक्रमित मध्ये ६ सय १३ जना होम आइसोलेसनमा रहेका छन् भने ८ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।
धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ५४ दशमलब ८ प्रतिशत पुगेको छ ।आईतबार मात्रै ७७ संक्रमित थपिएका थिए।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार २८७ पुगेको छ।
संक्रमित मध्ये ८ हजार ६०५ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।