धादिङमा आज ११३ परिक्षण मध्ये ६२ कोरोना पोजिटिभ:६१ डिस्चार्ज, एकको मृत्यु

धादिङमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ६१ संक्रमित संक्रमण मुक्त भएका छन्।

संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

जिल्लाभर गरिएको १ सय १३ एण्टिजेन परिक्षणमध्ये निलकण्ठमा २०, धादिङ अस्पतालमा १४, ज्वालामुखीमा १३, धुनिबेसिमा ५, त्रिपुरासुन्दरीमा ४, रुवी भ्यालिमा ४ र गंगाजमुनामा २ गरि ६२ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।


योसँगै जिल्लाको सक्रिय संक्रमित ६ सय २१ पुगेको छ।संक्रमित मध्ये ६ सय १३ जना होम आइसोलेसनमा रहेका छन् भने ८ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ५४ दशमलब ८ प्रतिशत पुगेको छ ।आईतबार मात्रै ७७ संक्रमित थपिएका थिए।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार २८७ पुगेको छ।

संक्रमित मध्ये ८ हजार ६०५ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्