राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतबीच चर्काचर्की 

एजेन्सी
न्युयोर्क, १८ माघ

राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतहरुबीच चर्काचर्की परेको छ । युक्रेनसँगको सीमामा रसियाले सुरक्षाकर्मी तैनाथ गरेको विषयमा अमेरिकाले आयोजना गरेको सुरक्षा परिषद्को वैठकमा दुई देशका राजदूतहरुबीच चर्काचर्की परेको हो । 

रुसी परिचालन दशकौंमा युरोपले देखेको अहिलेसम्मकै ठूलो भएको अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले बताएकी थिइन् । 

त्यसको जबाफमा उनका रसियाली समकक्षी भासिले नेबेन्जयाले  अमेरिकाले उत्तेजना बढाएको आरोप लगाउँदै रसियाको मामिलामा अमेरिकी हस्तक्षेप अस्वीकार्य भएको बताए । 

युक्रेनमाथि रसियाले हमला गर्ने योजनाबारे कुनै प्रमाण नभेटिएको उनले बताए । युक्रेनको सीमामा कथित रसियाको सैन्य अखडाबारे राष्ट्रसंघले पुष्टि नगरेको पनि उनले बताए ।आफ्नो भूभागमा रसियाले बारम्बार सुरक्षाकर्मी तैनाथ गरेको र यो अमेरिकाको चासो बाहिरको विषय भएको उनले बताए ।

रसियाले युक्रेनसँगको सीमामा केही सातादेखि आफ्ना एक लाख सुरक्षाकर्मी परिचालन गरेको छ । 

यसअघि रसियाले सुरक्षा परिषद्को खुला सत्रलाई अबरोध गर्न प्रयासलाई भने अमेरिकालगायतका देशहरुले विफल पारिदिएका थिए । 

रसियाले युक्रेनमा अतिक्रमण गर्दै गएमा उमाथि प्रतिबन्ध लगाउने अमेरिका र बेलायतले प्रतिबद्धता जनाउँदै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्