सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो

काठमाडौँ, १८ माघ

सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने स्थिर छ  । सोमबार एक हजार २४० रुपैयाँमा  कारोबार भएको चाँदी मंगलबार पनि  त्यही भाउमा  निर्धारण भएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्